वर्षाको छाड्ने बानी


छाड्ने बानी फिल्ममा लाग्नेलाई धेरै लाग्ने हो कि भनेर भनौ । छाड्छन् त वाचा गरेका कुराहरु पनि । आखिर किन होला यस्तो । फिल्म नै छाडिदिएपछि फिल्म बनाउनेको योजना चकनाचुर । नयाँ कलाकार खोज, के गर कसो गर । गाह्रो भयो नी होइन । कलाकारलाई नै हेरेर कथा लेखेकालाई झनै समस्या । के हो के भनेर भन्न सकिएला नी त ।

अभिनेत्री वर्षा सिवाकोटीलाई पनि छाड्ने बानी छ । अरु, त थाहा भएन तर फिल्म । खेल्छु भनेर फेरि छाडिदिने । सुदुर फिल्म छाडिदिइन् उनले । रमेश वुढाथोकी निर्देशक ठिक्क परेका थिए फिल्मको सुटिङका लागि । तर, उनले छाडेपछि अभिनेत्री खोज्न परेन अब ।

इतिहास पनि धेरै रहेछ त वर्षाका । वर्षाले त रानी महल, गोपी, मेरो पैसा खोई सबै छाडेकी । फिल्म नपाएर मान्छे हैरान छ । यीनलाई त पाएको फिल्म पनि छाड्ने बानी छ । वर्षाको छाड्ने बानी फिल्मको मात्र हो कि अरु पनि हो ?