नेपाली युवाले ल्याए अनलाइन सपिङ मुकुन्डो डट कम सञ्चालनमा

सोमबारबाट इ–कर्मश अनलाइन सपिङ मुकुन्डो डट कम संचालनमा आएको छ । नेपाल र अमेरिकामा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले मुकुन्डो डट कम अनलाइन सपिङ सुरू गरेका हुन् ।

कम्पनी एमपिएसवाइएस रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालीमार्फत सपिङ मुकुन्डो डट कम सञ्चालनमा ल्याएको हो । नेपाली ग्राहकहरुलाई गुणस्तरिय सामान र उच्चस्तरिय ग्राहक सेवा उपलब्ध गराउने उदेश्यले इ कमश मुकुन्डो डट कम ल्याएको यस कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदु नन्दन भट्टराईले बताएका छन् ।

उनका अनुसार मुकुन्डो डट कममा सामान किन्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने छ । साथै इ–सेवा, आइएमइ पे, खल्ती, फोन–पे, प्रभु–पे, सेल–पे, कनेक्ट आइपिएसबाट पनि सामानहरु किन्न सकिनेछ ।यसमा चाँडो डेलिभरी, काठमाडौं उपत्यकामा फ्रि डेलिभरी पनि रहेको छ भने इजी रिर्टन, क्यास अन डेलिभरी, रिवार्डस एण्ड लोयल्टी पोइन्स जस्ता सुविधाहरू ल्याइएको छ ।एक वर्ष भित्रमा देशभर सामानहरु डेलिभरी गर्ने उद्देश्य यो कम्पनीको छ । नेपालमा यो अनलाईन सपिङमा उच्चस्तरिय हुने सञ्चालकको भनाई छ।