हल्ला भयो पहिले, स्वस्तिमाले खेल्ने भइन् अहिले


नेपाली फिल्म क्षेत्र पनि के हो के भनेर भनौ । काम गर्ने हो या होइन भन्ने के हो के हो, हल्ला भैहाल्छ । हल्ला हुँदा फाइदा त होला कलाकारलाई । तर, पछि रहेनछ भने खत्तम । अभिनेत्री स्वस्तिमा खड्काको कुरा यही नै हो । उनले साउथ फिल्म थिरिमाली खेल्ने भइन् भनेर आएको थियो खबर पहिले । हल्ला साता दिन अघि कै हो । स्वस्तिमाले खबर आएपनि खेल्ने नखेल्ने निर्णय गरेकी थिइनन् ।

उनले, बल्ल खेल्ने भइन् फिल्म । बिहिबार उनले फिल्म खेल्ने निर्णय गरेकी छिन् । उनले फिल्ममा संझौता गरेको फाइनल भयो । स्वस्तिमा र फिल्मको टिमविच संझौता भएको छ । राजधानीको पाँच तारे होटलमा स्वस्तिमाले फिल्म खेल्ने संझौता गरेकी हुन् ।

नेपाली फिल्मका कलाकारले विदेशको फिल्म खेल्ने खबर आइरहेको हुन्छ । कहिलेकाही त खेल्ने फाइनल भयो भनेर पनि आउँछ । तर, पछि हात्ती आयो हात्ती फुस्सा भनेको जस्तै हुन्छ । स्वस्तिमाले खेल्ने भइन् फिल्म । फिल्ममा उनी सह अभिनेत्री हुन् । वधाई दिउ अब स्वस्तिमालाई ।