मिलनजी, के हो यस्तो ?


फिल्म त बन्छन् । अहिले त सिरिजको बेला हो भनेर भन्न सकिएला । सिरिजका फिल्म बनेका बनै छन् । सिरिज बनाउन सजिलो रहेछ कि के हो भनेर भनौ । सिरिज बनाउँदा दर्शकलाई नाम याद आउँछ भन्ने रहेछ ।

सिरिजको बाढी छ फिल्म बजारमा । जसले पनि बनाउने हो सिरिज । मिलन चाम्सले गोर्खा वारियर २ बनाउन लागेका छन् । यो फिल्मको घोषणा पनि भयो ।

तर, अचम्म भएन र भनेको । किन नहुने हो र अचम्म । मिलनले गोर्खा वारियर नै बनाएका छैनन् । घोषणा भएको हो, गोर्खा वारियर बनाउने । तर, यो बनेन । बन्छ रे फेरि ।

तर, गोर्खा वारियर २ बनाउने पहिला । ओहो, पहिलो सिरिज भन्दा दोश्रो सिरिज । यो त अनौठो भयो भनेर भनौ । किनभने, सिरिज पहिला बनाएको त देखिन्न नी त ।

मिलन चाम्स उल्टा । नयाँ गर्ने भन्दा भन्दै के के भयो भयो । उनले, त अब उल्टा त गरे तर कसैले नगरेको भनेर भनौ ।

किन गोर्खा वारियर नबनेर गोर्खा वारियर २ बन्न लागेको होला ? दर्शकले २ आउँदा पहिलो कहिले आएको थियो भनेर खोजे भने के भन्ने ? उल्टा त गर्ने, तर अचाक्ली उल्टा । मिलन चाम्स, ओहो ।