फिल्म बल्ल पाएका दिक्पाललाई कन्फ्यूज


निर्देशकले हिरोलाई के भनेर फिल्म खेलाउने निर्णय गरेका होलान् । अभिनेताले के भनेर फिल्म खेल्ने निर्णय गरेका होलान् । फिल्मको कथा के थियो होला । कथा नपढेरै अभिनेताले फिल्म खेल्ने निर्णय गरे कि के होला ?

यस्तै त देखियो अभिनेता दिक्पाल कार्की र निर्देशक शिशिर राणाको कुरामा । दिक्पालले आफ्नो जन्मदिनमा शिशिरले फिल्म खेलाउँछु भनेर संझौता गरेपछि मख्ख पर्दै फिल्म खेल्ने संझौता गरेको देखियो । फिल्मको नाम पोई पर्यो कालेको सिक्वेल हो भनेर भनेछन् निर्देशकले ।

अभिनेता चलेकै फिल्म हो क्यारे, खेल्दा फाइदा हुन्छ होला भनेर खेल्न राजी भए । फिल्मको कथामा सिक्वेल थियो या थिएन भनेर पनि वुझेनन् ।

पोई पर्यो कालेका निर्माता किरण नेपालीले सिक्वेल त मेरो अधिकार हो भनेर भन्दा झल्यास्स विउझिउ होलान् दिक्पाल ।

शिशिरले आफूले सिक्वेल त भन्दै नभनेको भनेर भने । अभिनेताले सिक्वेल नै भनेको भनेर भने ।

कन्फ्यूज अहिलेबाटै सुरु भएको छ । को परिपक्क नभएको हो । झुट बोलेका हुन् शिशिरले कि के ? बल्ल फिल्म पाएका दिक्पाललाई यो भन्दा दोधार के होला भनेर भनौ ?