अभिनेत्री उपासनासहित मिस नेपाल टाइटल विजेताले शुभारम्भ गरे एजुकेसन एण्ड माइग्रेसन कर्नर

अभिनेत्री उपासनासिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा शुभारम्भ गरेकी छिन् । ठकुरी यो एजुकेसन कन्सलटेन्सीकी ब्राण्ड एम्बेसडर समेत हुन ।

काठमाण्डौको नयाँ बानेश्वरमा रहेको नयां शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले शुभारम्भ गरेका हुन ।

कार्यक्रममा अभिनेत्री अभिनेत्री ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा खुसी लागेको बताइन् ।

‘यो सस्थाको बिगतको कार्य सही लागेर एम्बेसडरको रूपमा काम गर्ने सहमति जनाएकी हुँ’, उपासनाले भनिन् । संस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय युवा दर्शकमाझ राम्रो क्रेज बनाउन सफल ठकुरीलाई ब्राण्ड दूतको रुपमा छनौट गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना ब्यक्त गरे ।

‘बिध्यार्थीको सन्तुष्टी नै आफ्नो संस्थाको लक्ष्य भएको कुरा बताउँदै नबराज प्रसाईँ , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा एजुकेसन एण्ड माइग्रेसन कर्नर बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने बताए ।

कार्यक्रममा ‘मिस ग्राण्ड नेपाल २०१९’ निशा पाठक, ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस पर्पोज २०१९’ विजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका नवराज प्रसाई, नितेश उप्रेती र ईश्वरराज मैनालीले आफ्नो धारणा राखेका थिए ।