अनी आफ्नो फिल्म कहिले रोजजी ?


रोज राणा । फिल्म बनाउन माहिर छन् निर्माता । फिल्म बनाएर चलाउन पनि सिपालु हुन् भनेर भनौ । रोजले फिल्म खलनायक २ बनाउने भनेर भनेका छन् । घोषणा भएको कती भयो । लकडाउन खुलेपछि गर्ने हो छायांकन भनेका हुन् क्यारे । अहिलेसम्म सुरु हुन सक्या होइन काम ।

कहिले हो काम सुरु हुने । अत्तो पत्तो भएन के । कलाकार को हुन् । केही थाहा भएन के ।

रोजले आफ्नो फिल्म सुरु गर्न सकेका छैनन् । रोज आफ्नो फिल्म सुरु गर्न नसकेपछि आँधी तुफान २ फिल्मको मुहुर्तमा पुगे । मेरै फिल्म मलाई खबर नगर्ने भनेर निर्मातालाई भने ।

रोजले फिल्मलाई शुभकामना दिएका पनि हुन् । तर, अरु फिल्मको शुभसाइतमा शुभकामना दिन पुगेका रोजले आफ्नो फिल्म सुरु गर्ने कहिले हो के ?