अदितीलाई डर


अभिनेत्री अदिती वुढाथोकीलाई फेरि डर पलाएको छ मनमा । डर के हो भन्दा बाबरी क्याफेको छायांकन सुरु नहुने हो कि भनेर । कारण केही पनि छैन अरु । यो फिल्मको छायांकन गर्न अदिती नेपाल आएकी छिन् ।

नेपालमा उनले सिकिरहेकी छिन् डान्स । फिल्मको वर्कशप । व्यस्त छ उनको सेड्यूल । लकडाउन हुँदा ८ महिना नेपाल बसेर गएकी हुन् मुम्बई उनी । आशा धेरै छ अब त । मनमा आशा बोकेर आएकी छिन् फिल्मको काम गर्न पाइन्छ भनेर । धिरज मगर अभिनेता जोडिएका छन् फिल्ममा । यसले त झन् उनलाई फिल्मप्रति उत्साह छ ।

वैशाख २ गतेबाट फिल्मको काम सुरु होस् । धमाधम काम होस् भन्ने त छ । तर, कोरोना फैलिएको खबर पनि आउन थाल्यो । कोरोनाको अर्को लहर चलिरहेको भनेर आउन थाल्यो खबर । यसले पर्नु पिर पर्यो । फेरि काम नगरी मुम्बई फर्किनुपर्ने हो कि भन्ने पिर उनलाई ।

अब, सायद यो डर हटेमा उनले ढुक्कसँग काम त गर्न सक्नेछिन् । कृ पछि फिल्म नआउँदा उनलाई दर्शकले विर्सेलान् कि भन्ने पनि डर छ । अदितीको डर हट्ला कि के होला खै ?