‘बिहानीको मिरमिरेमा’मा उषा र सुधिर रोमान्टिक मुडमा

काठमाडौँ- प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्दमा बनेको म्युजिक भिडियो ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ । सुधीर श्रेष्ठ र उषा उप्रेती अभिनित भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन, मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।