केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’

‘अनलाइन जर्नालिज्म अवार्ड’ उकेरा डटकमका प्रधानसम्पादक केपी ढुंगानालाई प्रदान गरिएको छ। ढुंगानालाई अनलाइन पत्रकार संघको ११औं साधारण सभामा पुरस्कार प्रदान गरिएको हो।

इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो। पुरस्कारको राशी ५० हजार रहेको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ढुंगानालाई पुरस्कार प्रदान गरेका हुन्।

अब हरेक दुई वर्षमा संघले आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने बताइएको छ।

पत्रकार कुवेर चालिसेको सञ्योजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो।

कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताए। यस्तै आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने उनले बताए।