थुनामा नजाउन्जेल पल शाह, आज आफै ‘बादशाह’

अभिनेत्री पुजा शर्मा अहिले आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई हलमा चलाउन निकै जोड तोडले लागी परिरहेकी छिन् ।

पल विरुद्ध पाँच दिनअघि एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यस बखत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर हुदै थियो । पुजाले त्यसबेला पल उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी धुरुधुरु रोएकी थिइन् । मतलब पल नहुदाँ फिल्म चल्छ भन्ने उनलाई विश्वास थिएन ।

दुई दिन पश्चात् फिल्म प्रदर्शनमा आयो । पहिलो दिन पनि फिल्मको ब्रान्ड र आफू प्रति भरोसा नभएरै होला फरार रहेका पललाई नै बेच्ने मनसायले उनले पल शाह अंकित टिसट लागाएर रोना धोना गरिइन् ।

चार दिनदेखि फरार रहेका पल शाहले आइतबार प्रहरी सामु आत्मसमर्पण गरे । तर पल शाह प्रहरी नियन्त्रणमा पुग्ने बित्तिकै उनको बोली फेरियो । फिल्ममा रहेका अभिनेता दिनेश डीसीले भावुक हुँदै पूजा नै नेपाली फिल्मको इतिहासमा एक्लै फिल्म चलाउने सक्ने महिला अभिनेत्री भएको आसयको स्ट्याटस पोस्ट गरे । पूजाले त आफ्नो तारिफ गरेको पोस्ट सेयर गर्ने नै भइन्, टिमका बाँकीले पनि पालैपालो डीसीको स्ट्याटस सेयर गरे र डीसीको पोस्टको समर्थन गरे ।

तर यसो गरिरहँदा न डीसीले पलको कारणले फिल्म चलेको भनेर उनलाई क्रेडिट दिए न पूजाले यसो गर्नु आफ्नो कर्तव्य सम्झिइन् । पल शाह प्रहरी नियन्त्रणमा पुग्ने बित्तिकै पलको योगदान एकैछिनमा सकियो । बिचरा उता पल भने

फिल्मलाई फाइदा पुगोस् भनेर सारा चिन्ता छाडेर अझै हिरासतमा पनि फिल्मकै चिन्ता गरेर बसेका छन् । हिजोसम्म पल शाह आज पल नभएपछि पूजा आफैँ बादशाह !