भूपेन्द्रले बाजी मारे नेपाल आइडल सिजन–४ को उपाधि

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् ।

एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडल सिजन -४ को उपाधि अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगर विजयी भएका हुन् । शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा भूपेन्द, नाम्गेल, रञ्जितसँगै लक्ष्मी पौडेल र विश्वास उप्रेती फिनालेमा भिडेका थिए।

फिनालेमा nepalका भूपेन्द्रले उपाधिसँगै ३० लाख रुपैयाँका साथै विभिन्न गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् । प्रतियोगितामा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन्।

उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुलाई गिटार र १० लाख बराबरको बीमा प्रदान गरियो ।

यो सिजनको निर्णायकका रुपमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान थिए ।