वुझ्नै नसकिने आँचल र पूजाको सम्बन्ध

नेपाली फिल्म क्षेत्रमा नायिका पूजा शर्मा र आँचल शर्माको मित्रता पनि अचम्मको छ । यी दुई नायिका कुनै कार्यक्रममा एकसाथ भेटिदा नजिक देखिन्छन् । तर, सामाजिक संजालमा हेर्ने हो भने यी दुईको मित्रतामा शितयुद्ध चलिरहेको जस्तो लाग्छ ।

केही हप्ता अगाडि मात्र आँचलले पूजालाई सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गरिन् । आँचलले अनफलो गरेको केही दिनमै पूजाले पनि उनलाई अनफलो गरिन् । उनीहरुले एक अर्कालाई साथी बनाउन नचाहनुको कारण के हो खुलेको छैन ।

तर, हालै मात्र एक अन्र्तवार्तामा आँचलले सामाजिक संजालमा फलो र अनफलो गर्दैमा सम्बन्धमा दरार नआउने टिप्पणी गरेकी थिइन् । उनले त पूजालाई धेरै फिल्म बनाएर आफूलाई खेलाउन पनि आग्रह गरिन् ।

पूजा र आँचलको सम्बन्धमा जहिले पनि शितयुद्ध नै चलेको टिप्पणी हुने गरेको छ । तर, यी दुइले आफूहरुको मित्रताको वास्तविकता हो भनेर अहिलेसम्म खुलाएका छैनन् ।