बेनिशालाई पनि गर्मी लागेछ

फिल्मी करिअर त नायिका बेनिशा हमालको चिसो नै छ । न हातमा फिल्म छ, न त रिलिज भएका फिल्म चलेका छन् ।

बेनिशाले अभिनय गरेको ‘प्रेमगञ्ज’ नामक फिल्म मात्र रिलिजको लागि तयार छ । उनको हातमा अरु फिल्म नै छैन । मेकरले उनलाई पत्याएनन् । बेनिशा अभिनय कोर्स गर्ने भारत पनि पुगिन् । तर, उनको करिअरलाई भारतमा अभिनय पढेर पनि काम लागेन ।

बेनिशा हमालको करिअर चिसो भएपनि उनलाई भने गर्मी लागेको छ । गर्मी महिना सुरु भएसँगै नायिकाहरु स्विमिङ पूलमा बढी रमाउन थालेको भेटिन्छन् । बेनिशा पनि स्विमिङ पूलमा मुस्कुराएकी छिन् ।

गर्मी महिनामा नायिकाहरु पूलमा रमाएको तस्वीरले मिडियामा चर्चा पाउँछ । इन्स्टाग्राममा पोष्ट गरेको बेनिशाको तस्वीरले पनि चर्चा पाउँदैछ । बेनिशा अब स्विमिङ पूलमा रमाएको तस्वीर पोष्ट गरेरै चर्चामा आउलिन् कि, कामले पनि खै ?