जब क्यामेराको अघि सुहानालाई लिफ्ट दिन अनमोललाई अप्ठ्यारो पर्यो

नायक अनमोल केसी र नायिका सुहाना थापाले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर ४’ हलमा चलिरहेको छ । यसैले, यी दुई एकसाथ विभिन्न हल पनि पुगिरहेका छन् । शनिबार भने अनमोल धुलिखेलमा आयोजना भएको संचारकर्मी प्रकाश सुवेदीको छोरीको बिहेमा पुगे । अनमोल प्रायः अन्य निर्माताको फिल्मको प्रिमियर, कसैको बिहेमा पुग्दैनन् ।

बिहे समारोहमा एक घन्टा बिताएपछि अनमोलले पिता भूवन केसीले बिहे पार्टीमै छाडेर निस्कनुपर्ने भयो । सुहाना पनि अनमोलसँगै निस्कन तयार भइन् । तर, अनमोलले आफ्नो गाडीमा सुहानालाई राख्न क्यामेराको अगाडि अप्ठ्यारो माने ।
उनले, केही मिडियाकर्मीलाई भिडियो नखिच्न आग्रह गरे । मिडियाकर्मीले पनि अनमोलको आग्रह मानेपछि मात्र सुहाना उनको गाडीमा बसिन् । अनमोलले सुहानालाई उनको घरसम्म लिफ्ट दिए र आफू घर गए ।

सुहाना र अनमोलको फिल्म हलमा लागिरहेको छ । उनीहरुविच राम्रो मित्रता पनि छ । तर, क्यामेराको अगाडि सुहानालाई गाडीमा चढाउन अनमोललाई चै किन अप्ठ्यारो परेको होला कुन्नी ?