दीपेन्द्रलाई सुरक्षामाथि विश्वास कि वर्षामाथि अविश्वास ?

निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘चिसो मान्छे’मा मात्र नायिका सुरक्षा पन्तसँगको सहकार्य टुटाए । होइन भने, ‘धनपति, आमा, चंगाचेट’ लगायतका फिल्ममा उनले सुरक्षालाई नायिकाको रुपमा काम गराएका थिए । उनै, दीपेन्द्र नयाँ फिल्म ‘के घर के डेरा’मा काम गर्दैछन् । यो फिल्ममा नायकद्धय दयाहाङ राई र विपिन कार्की छन् । नायिकामा वर्षा राउत एक्ली थिइन् ।

तर, अब दीपेन्द्र फिल्मको निर्देशकको रुपमा प्रवेश गरेपछि नायिका सुरक्षा पन्तको फिल्ममा प्रवेश भएको छ । सुरक्षासहित फिल्मको टिम पूर्ण बनाएर निर्देशक खनाल छायांकनमा जाने तयारीमा छन् । सुरुवातमा एकल नायिका रहेको फिल्ममा दीपेन्द्रको प्रवेश भएपछि २ नायिका राखिएको हो ।

दीपेन्द्रलाई सुरक्षामाथि निक्कै भरोसा रहेको देखिन्छ । किनकी, सुरक्षा जस्तो काम गर्न सहज हुने कलाकारसँग निर्देशकले निरन्तर काम गर्न सक्ने तर्क दीपेन्द्रले गर्दै आएका छन् । आखिर, दीपेन्द्रलाई सुरक्षामाथि धेरै विश्वास भएको हो कि करिअरमा ओरालो लाग्दै गएकी वर्षा राउतमाथि अविश्वास ?