नीता र हरिहरजी, अरुको बिहेमा मात्र नाच्ने कि आफूले पनि नचाउने ?

प्रेम गरेर पनि बाहिर होइन भन्न कसैले नायिका नीता ढुंगाना र ज्योतीष हरिहर अधिकारीबाट सिकोस् । उनीहरु केही बर्षदेखि प्रेममा छन्, तर बाहिर हो भन्दैनन् । उनीहरुलाई लाग्दो हो कि, हामीले होइन भनेपछि कसैले पनि पत्याउँदैन ।
जेहोस्, नीता र हरिहरको प्रेम फुलिरहेको छ । करिअरमा ओरालो लाग्दै गएपछि नीता कहिले सिरिज त कहिले फिल्म बनाउन कुरा गर्छिन् । हरिहर पनि नीताको कुरामा साथ मिलाउँछन् ।

उनै, नीता ढुंगानालाई यो साता संचारकर्मी प्रकाश सुवेदीको छोरीको बिहे गज्जबले लाग्यो । उनी, बिहेमा सहभागी भइन्, मस्ता नाचिन् ।

नीता र हरिहरले बिहे गर्ने भनेको पनि लामै समय भैसक्यो । प्रेम स्विकार नगरेपनि उनीहरुले बिहे गर्ने र फिल्म बनाउने भनेको कुरा नेपाली मिडियामा बेलाबखत खबर बन्ने गरेको छ ।

उनीहरु, धुलिखेलमा आयोजित बिहे समारोहमा सहभागी भए । मिडियाको अगाडि त प्रेम होइन नै भने । तर, अब अरुको बिहेमा मात्र नाँचेर कहाँ हुन्छ नीता र हरिहरले । अब आफ्नो बिहेमा पनि नचाउनु पर्यो नी । कि, केकी र वर्षाको जस्तै गोप्य बिहे गर्ने योजना त छैन नी ?