१७० मत गन्दा बालेनको अग्रता बढ्यो

Mero Film

सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार र्यापर बालेन शाह अगाडि देखिएका छन् ।

पछिल्लो मतगणना अनुसार उनले ५९ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेकी नेपाली कांग्र्रेसकी उम्मेदवार श्रृजना सिंहले ३८ मत पाएकी छिन् । उनी, बालेन भन्दा २१ मतले पछि छिन् । नेकपा एमालेका केशव स्थापीत २२ मत ल्याएर तेश्रो स्थानमा छन् । राप्रपामा उम्मेदवार मदनदास श्रेष्ठले ९ मत ल्याएका छन् ।

काठमाडौंको एउटै मत गन्नका लागि २० मिनेटसम्म लाग्ने गरेको छ । जसकाकारण, मतगणना निक्कै ढिलो भैरहेको छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना भैरहेको छ । जसमध्ये ३२ मा बालेनको प्रभाव बलियो देखिएको छ । वडा नम्बर १ मा भने श्रृजना र बालेनको कडा प्रतिस्पर्धा देखिएको छ ।


Leave a Reply

Your email address will not be published.