आज हुँदैछ पल शाहको सुनुवाई

गतसाता स्थगित भएको नायक पल शाहको सुनुवाई आज हुँदैछ । उच्च अदालत पोखरामा आज पल शाहको बारेमा नयाँ फैसला आउन सक्ने अनुमान धेरैको छ । नायक शाह र उनका सहयोगी कृष्ण जोशीको मुद्दाको सुनुवाई आज हुने तय भएसँगै पल निकट व्यक्तिहरु दमौली पुगेका छन् ।

गत साता पल शाहका वकिलहरुले नै सुनुवाई स्थगित गरेका थिए । उच्च अदालतले पललाई आज थुनामै राख्ने वा धरौटीमा राख्ने बिषयमा फैसला गर्ने वुझिएको छ ।

एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पल विगत ३ महिनादेखि थुनामा छन् । तर, नाबालिकाले नै बकपत्र फेर्दै पलले आफूलाई बलात्कार नगरेको बयान दिएपछि मुद्दा कमजोर बनेको थियो । यसैले, आजको उच्च अदालतको फैसलालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।