नरेश पौडेलले गरे भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

Mero Film

नायक भुवन केसी केही साता अगाडि मात्र चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । बोर्डको अध्यक्षको कुर्सीमा बसेर काम नै सुरु गर्न नपाउँदै उनको पद संकटमा परेको छ ।

बोर्ड अध्यक्षको कुर्सीमा भुवनलाई नियुक्त गर्दा कानुन संभत नभएको, यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको, पढाई नपुगेको लगायतका कारण देखाउँदै निर्देशक नरेश पौडेलले उनीविरुद्ध उजुरी दिएका हुन् ।

सर्वोच्चमा आज भुवन केसी विरुद्ध मुद्दा दर्ता भएको छ र सोमबार यसको पेशी तोकिएको छ ।

बोर्ड अध्यक्ष बन्नका लागि स्नातक पास गरेको हुनुपर्छ । भुवन केसीले यो बुँदा पुरा नगरेको चर्चा समेत चलेको थियो । मुद्दा दर्ता गर्ने नरेश पौडेल समेत बोर्ड अध्यक्ष बन्ने लाइनमा थिए ।


Leave a Reply

Your email address will not be published.