निराजनका लागि ‘म’: नखाउ भने दिनभरीको शिकार, खाउ भने….

मोडल निराजन प्रधानलाई फिल्मको पर्दामा नायक बनेर देखिनु छ । यसका लागि उनले प्रयास गरेको लामै समय भैसकेको थियो । तर, सधै नै उनका लागि हाता लाग्यो शुन्य जस्तै भयो । कहिले कृषा चौलागाँइले फिल्म खेलाउँछु भनेर आश्वासन दिइन् त कहिले उनी दिवाकर भट्टराइको फिल्ममा खेल्ने कुरा आयो । तर, उनको सपना पुरा भएन ।

यही विचमा सुवर्ण थापाको निर्देशन र कान्तिपुर फिल्म एकेडेमीले बनाएको फिल्म ‘म’बाट अफर आयो र उनले काम गरे । फिल्ममा उनको चकलेटी अवतार कतै देखिएन । बरु, एउटा कम्पनीको सीइओलाई सीआइबी जस्तो बनाएर निर्देशकले प्रस्तुत गरिदिए । फिल्म बक्स अफिसमा असफल भयो ।

यो फिल्म निराजनको करिअरका लागि खासै सुखद बन्न सकेन । बरु, उनका लागि ‘नखाउ भने दिनभरीको शिकार, खाउ भने…’ जस्तो भयो ।

फिल्म नखेलौं भने ढिला होला भन्ने डर, खेलौ भने करिअरलाई खासै फाइदा नै छैन । निराजनका लागि यो फिल्म आउनु र जानुको कुनै अर्थ भएन । तर, उनको करिअरमा नायकको रुपमा चम्कने सपनामा भने अझै मिहिनेत गर्नुपर्ने देखिएको छ । एउटा कुरा स्पष्ट के हो भने, निराजनले फिल्ममा अभिनय भने राम्रो गरेका छन् । हेरौ, उनलाई आगामी दिनमा कस्ता फिल्मबाट अफर आउने हुन् ।