रिस्ताले धानेको ‘पासो’

आजबाट नयाँ नेपाली फिल्म ‘पासो’ रिलिज भएको छ । सोलो रुपमा रिलिज भएको यो फिल्मलाई आर.बी पुनले निर्देशन गरेका हुन् । भगवान् भुजेल यो फिल्मका निर्माता हुन् ।

फिल्मले एउटा बक्सा भित्र थुनिएकी यूवतीले गर्ने संघर्षको कथालाई प्रस्तुत गरेको छ । कोरोनाको चरम समयमा १३ दिन लगाएर एउटा बक्सा भित्र खिचिएको यो फिल्ममा नायिका रिस्ता बस्नेतले उत्कृष्ट अभिनय गरेकी छिन् ।

फिल्ममा सुनिशा बजगाँइको पनि मुख्य भूमिका छ । सुनिशालाई फिल्ममा रिस्ताको साथीको भूमिकामा देखाइएको छ । फिल्मको अधिकांश दृश्यमा रिस्ता बस्नेत र उनले बक्सा भित्र रहेर बाहिर निस्कन गरेको संघर्षको कथा उल्लेख छ ।

यो फिल्मलाई रिस्ताले आफ्नो काँधमा थामेकी छिन् भन्दा फरक पर्दैन । किनकी, रिस्ताकै वरिपरी घुमेको फिल्ममा उनको संघर्ष, दुःख, पीडालाई देखाइएको छ । यस्तै, छोटो भूमिकामा भएपनि सुनिशाले फिल्ममा संभावना देखाएकी छिन् ।
फिल्म हेर्न पुगेका गायक पशुपति शर्मा, रमेश बीजी लगायतले पनि यसको कथावस्तु र प्रस्तुतिलाई मन पराए । उनीहरुले बन्दै आएका नेपाली फिल्म भन्दा यो फिल्म फरक रहेको बताए ।

यो खालको फिल्ममा नेपालमा खासै बनेका छैनन् । फिल्म भित्र थुप्रै कमजोरी भएपनि निर्माता भगवान् भुजेलको नयाँ कथा भन्ने आँट र नायिका रिस्ता बस्नेतको अभिनयका लागि भएपनि यो फिल्म हेर्दा फरक पर्दैन ।