लकडाउनले छुटायो अनु-सबिनको जोडी

नायिका अनु शाह र नायक सबिन श्रेष्ठ लामो समयबाट प्रेममा छन् । लामो समय प्रेम मै रहे पनि उनीहरुले हो, होइनको खेल खेल्दै बसे । पछिल्लो समय भने अनु खुलेर आउन थालेकी छन् । घरमा आमा, बाबु र भाइ संग बसिरहेकी अनुले सबिनलाई मिस गरेकी छन् ।

लकडाउनले छुट्याए पछि सबिनसंगको भिडीयो कलको तस्विर सार्वजनिक गर्दै उनले सबिनको याद आएको बताएकी हुन् ।

लकडाउनको कारण अर्को जोडी श्रीस्टि श्रेष्ठ र सौगात मल्ल भने एक साथ रहेका छन् । तर अनुको त्यस्तो भएन । प्रेमीसंग  एकसाथ रहेर लकडाउनमा रमाउने अवसर उनले  गुमाईन् ।

पिर नगर्नुस अनु जी, जिन्दगी त सबिनसंगै बिताउनु छदैछ नि !