स्टाटस हटाउने भए किन लेख्छिन् वर्षा ?

बर्षा सिवाकोटीले अभिनय गरेर हिट भइनन् । वीर विक्रम २ फिल्म नचल्दा उनको अभिनयमा दर्शक भिज्न पाएनन् । बर्षाले अभिनयबाट नपाएको चर्चा फेसबुक स्टाटसबाट पाएकी छिन् ।

उनको फेसबुक स्टाटसमा लेखिएको कुरा विवादमा आयो । विवादले चर्चा निम्त्यायो । फिल्मलाई फाइदा भएन, वर्षालाई भयो ।

तर सिवाकोटी गाली सहन नसक्ने रैछिन् । उनले, टिकटक नै बन्द गर्नुपर्छ भनेर लेखेकी थिइन् । कलाकारलाई टिकटकले विगार्यो भनेर उनले लेखिन् । गाली आएपछि हटाइन् ।

उनले मिम नेपालका एक कमेडीयनलाई विर विक्रम २ को प्यारोडी समिक्षा गरेको भनेर प्रहरीले थुनामा राख्दा नेता गगन थापा बोलेको कुरालाई स्टाटसमा लेखिन् । उनको यो आफ्नै स्टाटस थिएन ।

उनले, निर्देशक मिलन चाम्सको स्टाटस सापट लिइन् । तर, यसमा पनि गालीको भारी वर्षा भयो । बर्षाले गाली सहन सकिनन् र त्यो पनि हटाइन् ।

गाली सहन नसक्ने भए किन स्टाटस लेख्नु र बर्षाजी ।