Joy Ads

भ्रष्टाचार बिरुद्ध चित्रकला प्रदर्शनी

- मेराेफिल्म
13Shares

भ्रष्टाचारबिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी’ मङ्गलबार सम्पन्न भएको छ ।

नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी फागुन २६ देखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अन्य कलाकारगरी ६५ जना कलाकारका ६५ कलाकृति राखिएका थिए । कलाकारले एक्रेलिक, वयल, वाटर, चार्कोल र मिक्समिडिया माध्यमको प्रयोग गरेका थिए । प्रदर्शनीमा राखिएका ६५ चित्रकलामध्येबाट उत्कृष्ट १२ चित्र र त्यसमा कलाकार उद्धवराज रिमाल पहिलो, कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको चित्रकला प्रदर्शनी संयोजक उपप्राध्यापक जस्मिन राजभण्डारीले जानकारी दिए ।

त्यस्तै, अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

13Shares
२०७५ फागुन २९ गते ११:३० मा प्रकाशित
Royal Education
Purano Dunga

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate