बिहे हुदा पेट देखाउन पर्छ र दिपकजी ?

फिल्म ‘छ माया छपक्कै’ को प्रमोसनल गीत सार्वजनिक भयो । सार्वजनिक गीत दुर्गेस थापाको चर्चित तीज गीत ‘बिच्च बिच्चमा’ लाई लिएर बनाइएको छ । गीत सार्वजनिक भए संगै विवादमा फस्यो ‘दीपा श्रीको ब्याउने कुरा’ का कारण ।

विवाद बढ्दै जादा दिपक राज गिरीले टिम बचाउने असफल प्रयास गरेका छन् । आफ्नो गल्ति स्वीकार्न नसक्ने उनको पुरानै बानी हो । यस पटक पनि त्यसलाई उनले निरन्तरता दिए ।

‘बिहे हुने भनेको ब्याउने भनेर चर्चा भयो’ कति मज्जाले पन्छिन खोजेका छन् उनी । तर दर्शक मुर्ख छैनन् । उनीहरु गीत सुन्दा भिडियो पनि संगसंगै हेर्छन । भिडियोमा माग्ने बुढा अर्थात केदार घिमिरेले उक्त लाइन गाउदै गर्दा पेट देखाएर शब्दलाई दृश्य मार्फत सपोर्ट गरेका छन् । तर दिपकले भने गलत बुझियो भन्छन् । अनि त्यो समय दीपाको एक्प्रेसन ? फेरी मादल बजाएको चै नभन्नु होला ।

ठीक छ, बुझाई गलत भएको भए आफुले ‘ब्याउने’ लेखेको पोष्ट चै किन हटाउनु भयो दिपक जी ? अनि कोरियोग्राफी गर्दै गर्दा भिडियो खिच्दा गर्भवती युवतीको अभिनय गर्दै गरेका माग्ने तिर आखाँ गएन ?

दर्शक मुर्ख बनाउने तपाइँको चाहना फिल्म हेरेपछि थाहा हुन्छ । यहि बीच दुनियाँले देखेको कुरालाई समेत हैन भनेर प्रचार गर्ने कि आफ्नो गल्ति स्विकार्ने ? कि बिहे गर्दा पेट देखाउने नयाँ प्रचलन सुरु भएको हो ?