हमाललाई फिल्मको स्क्रिप्ट चै किन मन नपरेको ?

अभिनेता राजेश हमालले अहिले फेरि म्यूजिक भिडियो खेलिरहेका छन् । अभिनेता राजेश हमाललाई को बन्छ करोपतिको सेटमा दर्शकले देखिरहेका छन् । फिल्मबाट टाढा रहेका अभिनेता हमाल म्यूजिक भिडियोमा फेरि देखिन थालेका छन् ।

अभिनेता हमालले गीत मन परेका कारण म्यूजिक भिडियो खेलेको पनि बताएका छन् । गीत मनपरेर हो वा राम्रो पारिश्रमिकले हो, हमाललाई भिडियोमा आकर्षित गरेको । हमालले नै जान्ने कुरा भयो ।

हमाललाई म्युजिक भिडियोको गीतले आकर्षित गर्दा फिल्मको कथाले भने तानेको छैन । हमालले फिल्म खेलेर जोखिम मोल्न चाहेका छैनन् । भिडियोको भ्यूज नगएपनि हिट र फ्लपको चर्चा हुँदैन । गयो भने पनि केही समय रमाउने मात्र हो । तर, फिल्म हेर्न हलमा दर्शक आएनन् भने स्टारको अवस्था पनि नाजुक हुन्छ । यही भएर पनि हमालले स्क्रिप्ट चुज गर्न नसकेका हुन् ।

भिडियोमा त गीत मन पराइदिए भयो, फिल्ममा के मन पराउनुपर्ने हो ? हमालले फिल्म खेल्ने, फिल्म गर्ने भन्ने पनि एकादेशकै कथा होला जस्तो छ ।