किरणको फिल्ममा नछुट्ने प्रियंका

कुनै कुनै कलाकार कसैको फिल्म छुट्दै छुट्दैनन् । कलाकार चले पनि नलचे पनि लिन्छन् उनीहरुले ।

अभिनेता किरण केसीको फिल्ममा प्रियंका कार्की यस्तै भइन् । पहिला अभिनेता दीपकराज गिरीको फिल्ममा प्रियंका छुट्दैनथिन् । थोरै सिन भएपनि उनी छक्का पन्जा ३ मा खेलेकी थिइन् ।

छ माया छपक्कैमा भने प्रियंका अब गीतमा मात्र भए हो, नत्र नहुने छिन् । तर, अभिनेता तथा निर्माता किरण केसीले भने प्रियंकालाई छाडेका छैनन् ।

किरण केसीले नै लगानी गर्न लागेका छन्, लक्का जवानमा । लक्का जवानमा हुने लगानीमा शिवहरि पौडेल निर्देशक छन् ।

किरणले शत्रु गतेमा हिरोइन बनाएका थिए प्रियंकालाई । दाल भात तरकारीमा एउटा गीतमा मात्र भएपनि खेलाएका थिए ।

अब, उनले हिरोइन बनाउन लागेका छन् । प्रियंका नचलेपनि किरणको ब्यानर छाड्न परेको छैन । किरणको फिल्ममा प्रियंका नछुट्ने नै भइन् कि क्या हो ?