जनावरलाई खाना खुवाउदै ‘न्यु राइज इन्टरटेनमेन्ट’

न्यु राइज इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले कोरोना भाइरसका कारण सिर्जित समस्यालाई ध्यान दिदै सहयोग आवस्यक व्यक्ति सम्म पुग्ने पहल थालेको छ ।  ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ स्लोगन राखेर राहत वितरणको लागि आफ्नो कदम चालेको संस्थाका सीइओ तथा कोरियोग्राफर नवराज देउजाले बताएका छन् ।

पहिलाका दिनहरुमा न्यु राइजले आपतको समयमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरता स्वरूप कोरोनाको समयमा समेत यस पवित्र काममा हात हालेको छ । उनीहरुले काठमान्डौ र धनगडीको सडकमा भएका जनावर तथा पन्छीलाई खाना खुवाउदै आएका छन् । आवस्यकता अनुसार मानिसहरुलाई समेत सहयोग गर्ने उनीहरुको कुरा छ ।