‘बागी ३’ : स्तरीय एक्सन, कमजोर कथा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/BAAGI_nIH6OQiJL1_5cpz3nvlexuigroxyspkpd7basrkvsda3icm19u5uqvivlppjchg96xsg4zn_UhLVYDx5lx_u0ke4qnskdcnqgjebrx5d0pkp6j2vdgrjntnml73npouiova2szo0vd0tpxq.jpg)
यो साँचो हो कि हिन्दि फिल्महरुमा एक्सनको बोलबाला छ र बदलाको भावनाले या नजिकको सम्बन्ध भएकाहरुको लागि पर्दामा हिरो ले भिलीयन लाई पिट्दा दर्शकहरु खुब मज्जा लिन्छन् । निर्देशक अहमद खानले पनि दाई लाई बचाउने र आतंकबादको विरुद्ध उत्रिएको हिरो मार्फत गजबको एक्सन प्रस्तुत गरेका छन् । तर कथामा अलिकति मिहिनेत गरेको भए कुरै अर्कै हुने थियो ।
दंगाको क्रममा आम मानिसहरुको ज्यान जोगाउने चक्करमा आफ्नो ज्यान गुमाउन लागेको इन्स्पेक्टर चतुर्वेदी (ज्याकी श्राफ) ले आफ्नो अन्तिम समयमा छोरा रोनी (टाइगर श्राफ) लाई अर्को छोरा विक्रम (रितेश देशमुख) को जिम्मेवारी सुम्पन्छन् । र त्यसपछि कसैले विक्रम माथि आँखा उठाउना साथ रोनीको रगत उम्लन्छ र उसले सामुन्ने हुनेको मरणान्त हुने गरि पिटाइ गर्थ्यो । विक्रमको भबिष्यको लागि रोनीले आगरामा पुलिसको जागिर गर्न पनि प्रेरित गर्छ । जहाँ रोनीले मानव ओसारपसार गिरोहको संजाल तोड्न विक्रमलाई सहयोग पनि गर्छ । उक्त गिरोहबाट धेरैलाई मुक्त गराए पछि विक्रम आफ्नो विभागको हिरो बन्छ र उसलाई मानव ओसारपसारको असली नाइके समात्नको लागि सिरिया पठाइन्छ । सिरियाका खुंखार आतंकवादी अबू जलाल गाजा (जमील खोरी) ले विक्रमलाई बन्दि बनाउछ । त्यसपछि रोनी आफ्नी प्रेमिका सिया (श्रद्धा कपुर) सँग सिरिया आउछ र अब उसले कुनै पनि हालतमा आफ्नो दाई लाई बचाउनु पर्ने हुन्छ ।
निर्देशक अहमद खानले ‘बागी २’ भन्दा माथिल्लो स्तरको एक्सन प्रस्तुत गर्ने कोशिश गरेका छन् र यसको लागि उनले फाइटका दृश्यहरु लाई दमदार बनाउन कुनै कसर बाँकी राखेका छैनन् । मल या बाटोको फाइट, या हेलिकप्टर अथवा सेनाको टैंकको एक्सन दृश्य सबै हलिवुड फिल्म बराबरको जस्तो लाग्छ । तर कथा र पटकथामा फिल्म कमजोर छ । श्रद्धा कपुरको माध्यम बाट कमेडी र रितेशको माध्यमबाट भावनात्मक कुराहरु जोडिएको छ । केहि दृश्यहरुले हसाउछन पनि, तर फिल्म हेरिरहँदा ८०-९० को दशकको बदलामा आधारित फिल्महरुको याद आइरहन्छ । क्लाइमेक्सको एक्सन दृश्यले सास रोकिन्छ तर त्यो अनाबश्यक तन्काइएको छ । फिल्मको लम्बाई कम गर्न सकिन्थ्यो । शंताना कृष्णन रविचंद्रनको छायांकन हेर्न लायक छ । विशाल-शेखरको संगीत रहेको गीत ‘दस बहाने करके ले गई दिल’ लाई खुब मन पराइएको छ । रेडियो मिर्चीको उत्कृष्ट २० गीतहरुको सुचीमा यो गीत पाँचौ स्थानमा छ । फिल्मका अन्य गीतहरु ठिकठाक मात्र छन् । आइटम गीत ‘डू यू लव मी’ मा दिशा पटानीले गज्जबको नृत्य देखाएकी छिन् ।
रोनीको चरित्रमा टाइगर हरेक दृष्टिकोणबाट उपयुक्त छन् । मसल्स र टोन्ड बडी को साथ जब बिना शर्ट उनि इन्ट्री गर्छन तब दर्शकहरु सिटी बजाउन थाल्छन् । जैश-ए-लश्कर जस्तो आतंकवादी समूहलाई सिरियामा गएर एक्लै परास्त गर्दा पनि टाइगर विश्वसनीय लाग्छन् । उनको अभिनयमा पनि सुधार देखिन्छ । श्रद्धा सुन्दर र ग्ल्यामरस देखिन्छिन्, उनले कमेडी पनि गरेकी छिन् तर उनले धेरै काम गर्ने मौका पाएकी छैनन् ।
रितेशले सोझो र डरपोक चरित्र त कुशलताका साथ निभाएका छन् तर पटकथामा उनको चरित्र सहि ढंगले बुनिएको छैन । अंकिता लोखंडेको भूमिकालाई पनि त्यति स्थान दिईएको छैन । मुख्य खलपात्र अबू जलालको भुमिकामा जमील खोरी डरलाग्दो देखिन्छन्, तर अन्य खलपात्रहरु जम्न सकेका छैनन् । विजय वर्मा र जयदीप अहलवातले आफ्नो भुमिका ठिकठाक निभाएका छन् ।
‘बागी ३’ किन हेर्ने : एक्सन फिल्मका पारखीहरुलाई फिल्म मन पर्न सक्छ ।
फिल्म : ‘बागी ३’
निर्देशक : अहमद खान
कलाकारहरु : टाइगर श्राफ, श्रद्धा कपुर, रितेश देशमुख, अंकिता लोखंडे, जमील खोरी
अवधि : २ घण्टा २३ मिनेट
विधा : एक्सन
(नवभारत टाईम्सको लागि रेखा खानले लेखेको समिक्षाबाट अनुवादित)
![‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ पुरस्कृत](https://snowberry.prixacdn.net/media/gallery_folder/merofilm-10_sUPBnSRFnK_jyvwj0wrrgjclbr4evjwkxyw0tlceytelgdjjfdhklnhqkx8mdszvhswbitz_qUlGwlsExQ_5n43eptoevct2zdodu3rlwqupejc2lmw7gzyoqxpt773hg53fgqi1j99tumc.jpg)
‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ पुरस्कृत
![अनुपको फिल्म ‘पुरानो बुलेट’ युट्युबको ट्रेन्डिङमा](https://snowberry.prixacdn.net/media/gallery_folder/purano-bullet-makalu-khabar_acy7w9Q73C_dqfidq4tz13y95vvj0tuaabwiyfign3klyeoy5nta6dhwbydwpkyvsozqmbl_x6dl2WJoVe_lyl5obkvtwtqx8fi22kc8y5dqtf3kujwuo8g9zh5iymq2shjhlf4zaecqj5v.jpg)
अनुपको फिल्म ‘पुरानो बुलेट’ युट्युबको ट्रेन्डिङमा
![बलिउड फिल्म ‘सूर्यवंशी’ले दिएको हौसला !](https://snowberry.prixacdn.net/media/gallery_folder/suryabanshi-1-1_J9q9TAMt8C_f8qbuxzvxjxkcf5fsrtxfwfknsjtma86pqzng6n7c1tzg4awl5vt3a4hcsik_tPcDBI8fNF_vqsmnurrl4htixjl39zlakggkbucyjuv40cq0mpn4qt0on9w2hxywwmyz00n.jpg)
बलिउड फिल्म ‘सूर्यवंशी’ले दिएको हौसला !
![फिल्म तीन दिनमा कति कमायो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/suryabanshi-1_eANl04ADgF_q51ytdbzm3jepxrbtvl29amdwoflbcuq7r0xo6rmwvxjq6s8ctcqot3ncfcy_p7RjErRBuk_g3610ykjqkip8hxm7phszew2sftxk3mx95uabq3vq9soslzxgxcd4xbbbq2x.jpg)
फिल्म तीन दिनमा कति कमायो ?
![बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture-1-1_HJ9t1o9Ipo_cjxg2hzpxltldwnezjrm1hsnixqm6qhm9zyofthbnrnicyuscdn5hmldgr2b_IF572Ndd0p_vehq8mjbrbk7k0qii6fsa5r21xctn75i2mcext6s5b5lxhmkq7vxwycqm8ob.jpg)
बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’
![फिल्म ‘जुलुङ्गोे’लाई युनिसेफको आइरिस अवार्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Scarecrow_A3rg7ZXwJm_CFKohDEnue_nbisnttp9n8if6tlqs8nd5qvw652n2rsc0aavamfzcl0wto6iauqtq37a6br_9v038j747w_dwh044hz7ryq9pgtsmysuphjsdpksnctg8xueccdqfwaunpp8bl54o9h62vy.jpg)
फिल्म ‘जुलुङ्गोे’लाई युनिसेफको आइरिस अवार्ड
![‘आमा’ मा नारी बिद्रोह](https://snowberry.prixacdn.net/media/gallery_folder/aama-banner_T4FREnJg45_eaysuit2jsitr6x3fhwoeicchrzttzey03bjyhf7e9u1189kkpct4hagjafk_poZJCOX2hZ_b57g9mpjwumohtdzq7cmwaddzrelyjoeipr0wl0dxpn1vwzcuminbr8gzoys.jpg)
‘आमा’ मा नारी बिद्रोह
![फितलो ‘सेन्टी भाइरस’ (समिक्षा)](https://snowberry.prixacdn.net/media/gallery_folder/senti-review-thumbnail_XjnX5LV32U_wgrajiusqfqdjhk9vue0ktxgr1y9e2ll8atykkrekhcgssdyzvqwtvefjpz8_hXAwTPcRpn_qdgxtkdap3d6ywqthmqonb5sy65kgsup1v8fkrwqofd1atwzypk124dyovcx.jpg)
प्रतिक्रिया