अनुपको फिल्म ‘पुरानो बुलेट’ युट्युबको ट्रेन्डिङमा

 

काठमाडौँ- तिहारको छेको पारेर फिल्म ‘पुरानो बुलेट’ युट्युव मार्फत सार्वजनिक भएको हो । यो फिल्म अहिले युट्युवको ट्रेन्डिङमा पुगेको छ । युट्युवको ३ नम्बर ट्रेन्डिङमा परेको फिल्म हलमा २०७५ चैत्र १ गते प्रदर्शन भएको हो । फिल्ममा कलाकारहरु अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, शिव मुखिया लगायतको अभिनय रहेको छ । यस अघि चलचित्र हलसंगै डिसहोममा समेत सार्वजनिक भइसकेको छ ।