‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ पुरस्कृत

 

काठमाडौं– मानव अधिकार फिल्म केन्द्रले आयोजना गरेको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ नवौं संस्करणमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट घोषित भएका छन् । भर्चुअल रुपमा आयोजना गरिएको चार दिने महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एञ्जिला चौधरी तथा पुष्पा जोशीको ‘ललित’ उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार जितेका छन् । महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन फिल्मले पुरस्कार जितेका छन् ।

महोत्सवमा मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले पनि उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् । ‘नो स्कुल टुडे’ र ‘ललित’ किपालय प्रडक्सनले प्लान नेपालसँग मिलेर गरेको वर्कसपमा तयार भएका फिल्म हुन् । किपालयले १ महिनासम्म फिल्म निर्माणको कार्यशाला दिएर फिल्म बनाउने अवसर दिएको थियो ।

जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट फिल्मका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए । फिल्म विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए ।