सलमानको परिवारको घिनलाग्दो वास्तविकता : दबंग निर्देशक अभिनव कश्यप


दबंग निर्देशक अभिनव कश्यपले फेसबुकमा एक लामो पोष्ट सार्वजनिक गर्दै सुशान्तको आत्महत्याको विषयमा विस्तृत अनुसन्धानको माग गरेका छन् । साथै उनले बलिउडमा आफैले भोगेको तितो अनुभव समेत सेयर गरेका छन् । उनले यसराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीले मानिसहरुको करियर बर्बाद गर्ने आरोप लगाएका छन् । साथै उनले सलमान खानको परिवार माथि समेत गम्भीर आरोप लगाएका छन् ।

अभिनवले लेखेका छन्, ‘म सरकारसँग एक बिस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्छु । तिम्रो आत्माले शान्ति पाओस, सुशान्त सिंह राजपुत, ओम शान्ति तर तिम्रो लडाई जारी रहने छ । सुशान्तको आत्महत्याले एक ठुलो समस्या दुनिया सामु ल्याएको छ । यो समस्यामा धेरै मानिस लडिरहेका छन् । के कारणले मानिस आत्महत्याको लागि उत्सुक हुन्छ ? मलाइ डर छ उनको मृत्यु मिटु आन्दोलन जस्तै आन्दोलनको छोटो हिस्सा हो । जसले बलिउडलाई आक्रान्त पारेको थियो ।

सुशान्तको मृत्युको जाँच गर्दै गर्दा यसराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनिको समेत जाँच गर्न उनले माग गरेका छन् । उनीहरुले करियर बनाइदिने नभएर करियर बर्बाद पारिदिने गर्छन । ‘एक दशकसम्मको व्यक्तिगत संघर्ष पश्चात म भन्न सक्छु, बलिउडका सबै ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी कलाकारको मृत्युका लागि बुनिएको जाल हो । उनीहरू सबै सेतो कपडाका दलाल हुन्, भने कोहि यसमा सक्रिय रुपमा सामेल छन् । उनीहरूको अघोषित आचार संहिता छ जसलाई सबैले पालना गरेका छन् । हामी सबै नांगै छौं र जो नाङ्गो छैन उसलाई पनि नांगै बनाउ जसले गर्दा एक जना फस्दा सबै फसुन । उनीहरुको उदेश्य यहि नै हो ।

सुरूमा कनेक्सन र सम्पति कम भएको ट्यालेन्ट स्काउट खोज्छन् । त्यस पछि सेलिब्रेटीसँग भेट गराउने नाममा पार्टी र रेस्टुरेन्टमा बोलाउँछन् । यस्तो पार्टीमा गए पछि नदेखेझै गरेर नराम्रो व्यवहार गरिन्छ । यसैकारण उनीहरु उपेक्षित महसुस गर्छन् जसले उनीहरुको आत्मसम्मानमा ठेस पुग्छ ।

जब कलाकारको आत्मविश्वास टुट्छ, नयाँ प्रतिभालाई उनी बलिउडका शिकारीले बचाउने नाममा बर्षौ बर्षको कन्ट्रयाक्ट अफर गर्छन् । जसलाई एक पटक साइन गरेपछि तोड्न सहज हुँदैन । तोड्न खोजेमा ठुलो रकम चुकाउनु पर्ने हुन्छ । यस प्रकारको कन्ट्रयाक्ट साइन गराउन विभिन्न प्रकारका हत्कण्डा अपनाउँदै साइन गर्नुको विकल्प छोड्दैनन् ।

एक पटक कलाकारले साइन गरेपछि एजेन्सीले बधुवा मजदुर झैँ न्युनतम पारिश्रमिकमा काम लगाउने गर्छन् । यदि हिम्मत गरेर उक्त स्थानबाट बाहिर आए पनि उनीहरूलाई योजनाबद्ध रुपमा बहिस्कार गरिन्छ । फेरी विकल्प नपाएर कलाकार अर्को एजेन्सीमा जान्छन तर जहाँ पुगे पनि परिपाटी उही हो ।

राम्रो दिन कहिले पनि आउँदैन । सबै एजेन्सीले गर्ने व्यवहार एकै हुन्छ । केही वर्षमा कलाकारको आत्मविश्वास टुट्छ अन्तत उनीहरू सेक्स वर्कर जस्तो काममा जोडिन बाध्य हुन्छन् । जसको उपयोग बलिउड लगायत कर्पोरेट वर्ल्ड र राजनैतिक हस्ती (महिला पुरुष) ले गर्ने गर्छन । उनीहरू अहंकार र यौन भोकको शिकार हुन्छन् ।

अभिनव अगाडी छन्, ‘दवंगको दस वर्ष पछि यहि हो मेरो कहानी । यही कारण म दस वर्ष अगाडी दवंग २ गर्नबाट पछि हटेको थिए । अरवाज र सोहेल खानले आफ्नो परिवारसँग मिलेर मेरो करियरको नियन्त्रण गर्ने प्रयास गरेका थिए । यसको लागि मलाइ धम्काउने कामसम्म भएको थियो ।

अरवाज खानले श्रीअष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर मेरो दोश्रो प्रोजेक्ट बन्द गराएका थिए । साइनिंग अमाउन्ट फिर्ता दिएर म वायाकाम पिक्चर्समा जोडिए । तर उक्त काममा समेत सोहेल खानले सीइओसँग कुरा गरेर रोकिदिए । मैले ७ करोडको साइनिंग अमाउन्ट ९०लाख ब्याज सहित फिर्ता गर्नुपर्यो ।

त्यस पश्चात रिलायन्स इन्टरटेनमेन्टले बचायो र मैले फिल्म ‘बेसरम’ मा काम सुरु गरें । तर यहाँ पनि सलमान र उनको परिवारले फिल्म रोक्न पुरा कोशिस गरे । जब फिल्म रोकिएन, तब उनीहरुले फिल्मको बारेमा नकारात्मक चर्चाका लागि अभियान नै चलाए जसको उद्देश्य फिल्म फ्लप गराउनु थियो । अन्तत फिल्म रिलिज भयो र ५८ करोड रुपैया कमायो । त्यस पश्चात स्याटेलाइट राइट्स बेच्न नदिन धेरै प्रयास गरे । तर रिलायन्सको कारण उनीहरुको उक्त चाल सफल हुन सकेन ।

 

प्रोजेक्ट त रोकाए रोकाए, मलाइ धम्की दिन समेत छोडेनन् । मारिदिने, परिवारका सदस्यको बलात्कार गर्ने सम्मको धम्की दिन्थे । यस कारण मेरो मानसिक स्वास्थ्यमा समस्या समेत सिर्जना भयो र मेरो सम्बन्ध बिच्छेद भयो । जब मैले २०१७ मा पुलिसमा रिपोर्ट गर्ने कोशिस गरें, उनीहरूले रिपोर्ट लिन मानेनन् । मेरो उजुरीमा अझै पनि कुनै कारवाही सुरु भएको छैन । मसँग धेरै सबुतहरू छन् ।

बिगत १० वर्षामा मैले थाहा पाएको छु कि मेरो दुश्मन को हो । उनीहरु सलिम खान, सलमान खान, अरवाज खान र सोहेल खान हुन् । यहाँ अरू साना माछा समेत छन् तर सलमानको परिवार विषालु सर्पको झुण्ड नै हो । कसैलाई पनि डराउन उनीहरू अबैध धन, राजनैतिक पावर र अन्डरवर्ल्ड कनेक्सनको प्रयोग गर्ने गर्छन ।

अभिनवले आफ्नो यो म्यासेज दुनियासम्म पुर्याउन आग्रह गरेका छन् ।