अभिनेत्री अश्लेषा ठकुरीको प्रश्न, ‘यहाँ नातावाद प्रमाणित गर्न मर्नैपर्ने हो ?’

प्रेम गीत २ डेब्यु नायिका अश्लेशा ठकुरीले नेपाली फिल्म जगतमा नेपोटीजम र ग्रुपिजम रहेको बताएकी छन् । एक अन्तर्वार्तामा कुरा गर्ने क्रममा उनले नयाँ कलाकारलाई इन्डस्ट्रीले ‘स्वागत’ नगर्ने बताएकी छन् । आफ्नो तितो अनुभव बताउदै उनले पहिलो फिल्म प्रेम गीत २ साइन गरेको समयबाट नै आफुलाई डिप्रेसन सुरु भएको बताएकी छन् । उक्त फिल्म पछि मेरी मामुमा काम गरेकी उनी माथि समेत आशुसेन फिल्म्स क्याम्पियनको प्रिय नायिकाको रुपमा चर्चा हुन थालेको थियो । तर फिल्म छायांकनकै क्रममा तालमेल नमिले पछि उनी टिमबाट अलग्गिएकी छन् । यो आरोपलाई स्पस्ट पार्दै उनले आफु नेपाली फिल्म जगतको ‘कलाकार’ रहेको कुनै क्याम्पियन या प्रोडक्सन हाउसको कलाकार नरहेको बताएकी छन् ।

आफ्नो विषय स्पस्ट पार्न भन्दा पनि फिल्म जगतको नकारात्मक पाटो उजागर गर्न तर्फ देखिएकी उनले फिल्म क्षेत्र नयाँको लागि सहिष्णु हुन नसकेको बिताएकी छन् । उनले प्रेम गीतकी नायिका पूजा शर्माले पछिल्लो फिल्मको टिमको भित्री समस्याको शिकार आफुलाई बताएकी छन् । कार्यक्रममा बेवास्था गरिने देखि अवार्ड नोमिनेसनमा समेत विभेद हुने गरेको उनको बुझाइ छ ।

बलिउडको झैँ स्थिति नभए पनि नेपोटिजम र ग्रुपिजम प्रमाणित गर्नको लागि ज्यान नै गुमाउन पर्ने हो त ? भन्दै गम्भीर विषय उठान गरेकी छन् । फिल्म क्षेत्रका व्यक्तिहरु जो कोहीसंग पनि कामको विषयमा कुरा गर्न आफुलाई समस्या नहुने बताउदै उनले प्रदीप खड्का र सन्तोष सेन संगको सम्बन्ध बिग्रिएको विषयमा डिप्लोम्याटिक जवाफ दिएकी छन्।

मनोविज्ञान तथा समाज सेवा सम्बन्धी विषयमा स्नातकोत्तर अध्ययन गरिरहेकी उनले पटक पटक नेपाली फिल्म जगत सानो भएको कारण एक अर्कासंग मिलेर बस्न आग्रह गरेकी छन् । समभाव राख्दै भेदभावको अन्त्य तर्फ ध्यान दिनुपर्ने उनको जोड छ । आफ्नो विषय भन्दा पनि आगामी दिनमा आउने नयाँ कलाकारले ‘बाहिरको या नयाँ’ भएकै कारण विभेद भोग्न नपरोस भन्ने उनको मुख्य चासोको विषय रहेको छ । यसको लागि उनी स्वयम् फिल्म जगतमा अभिनय गरे पनि नगरे पनि आवाज भने उठाउने र नयाँलाई स्वागत गर्न कुनै कसर नछोड्ने बताएकी छन् ।