त्यो आरोप जसले कंगनाको जीवनको मोड बदल्दियो

बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीच आरोप प्रत्यारोप चलिरहेको हुन्छ । कुनै समय गहिरो प्रेममा परेका यो जोडी अहिले एकअर्काको कट्टर आलोचक भइसकेका छन् ।

एक समय के पनि भएको थियो भने ऋतिकको पैसा कंगनाले खाएको आरोप लगाइएको थियो । जसको जवाफमा कंगनाले भनेकी थिइन्, ‘ऋतिक मेरै घरमा भाँडामा बस्छ । ’

चाहे नेपोटिज्मको मुद्दामा होस् या फिल्ममा अभिनय गर्ने मामिलामा सधैँ खरो उत्रिँदै आएकी कंगनाले हालै भारतीय मिडिया पिंकभिलालाई दिएको एक अन्तर्वार्ताको क्रममा भनेकी छन्, ‘म आफ्नो यात्रालाई लिएर सधैँ गर्व महसुस गर्छु तर जतिबेला मैले यो यात्रा सुुरु गरेँ त्यतिबेला यस्तो होला भन्ने सोचेको थिइनँ । यो केही वर्ष अघिको मात्र कुरा हो जब मेरो पूर्व प्रेमी (ऋतिक)ले मेरो विरुद्ध कानुनी कारवाही ग-यो । मलाई म एउटा सानो शहरकी केटी हुँ त्यसैले उसको पैसाको पछाडि लागेकोजस्तो आरोपसम्म लगाइयो । यहाँ केटीहरुलाई त्यसैगरी हेरिन्छ । हुनसक्छ म महिला हुनुुको नाताले पैसालाई त्यसरी हेर्दिनँ तर अरु बाहिरी मान्छेहरुको नजरमा सानो शहरबाट सुन्न खन्न आएकी युवती पो देखिए कि ? यद्यपी यो यस्तो आरोप हो कि यसले मेरो जीवनको मोड नै बदल्दियो ।’

कंगनाले अन्तर्वार्ताका क्रममा ऋतिकलाई साथी भन्ने गरेको बताएकी छन् । उनले ऋतिकलाई बुवाको पैसामा हिड्ने गरेको आरोपसमेत लगाउने गरेकी छिन् । ‘आज म गर्वसाथ भन्न सक्छु कि मेरो पूर्व प्रेमी उसको बुुबाले किनेको घरमा बस्छ तर म आफैले कमाएको घरमा बस्छु, कार्यालय पनि आफ्नै छ ।’

स्पष्ट र निडर वक्ताका रुपमा कंगनाले बलिउडमा बलियो परिचय बनाइरहेकी छिन् । फिल्ममा सशक्त अभिनयका कारण पनि उनी दर्शकको प्रिय छिन् ।