कालिकोटका बाढी पिडितलाई पलको राहत

अभिनेता पल शाह अहिले पश्चिम जिल्ला पुगेका छन् । उनी बाढी पहिरो प्रभावितलाई राहत लिएर कालिकोट पुगेका हुन् । उनले त्यहाँ हिजोबाट धमाधम राहत बाँडिरहेका छन् ।

पल शाहले हाम्रो टिम नेपालको सहकार्यमा बाढी पिडितलाई राहत बाँड्न कालिकोट पुगेका हुन् । उनले हालसम्म कालिकोट स्थित नरहरीनाथ गाउँपालिकाका ४० घर परिवारलाई राहत बाँडिसकेका छन् । राहतमा खाद्यान्न देखि लत्ताकपडा वितरणसम्म रहेको छ ।

उनले केहि सामानहरु आफैले बोकेर बाँडिरहेको दृश्य अहिले सामाजिक सञ्जालमा पनि छाइरहेको छ । पल र उनको टिम कालिकोट लामो यात्रा यात्रा तय गरेर पुगेको थियो ।