‘पारिश्रमिक माग्दा मेरो रोल नै काटिदिन्थेँ ’ : कलाकार कुमार गजुरेल

हास्य कलाकारमा कुमार गजुरेलको नाम नेपाली दर्शकमा नौलो होइन । किनभने ५४ साल देखि यता निरन्तर नेपाली हास्य सिरियलमा विभिन्न भुमिकामा दर्शकलाई हँसाउँदै आएका छन् । उनले नखेलेको सिरियल सायदै कमै होला । नेपाल टेलिभिजनको लोकप्रिय सिरियल ‘थोरै भए पुगेसरी’मा कुमारलाई अर्का कलाकार तथा व्यवस्थापक गोपाल अधिकारीले ब्रेक दिएका थिए । गोपाल र कुमार साथी साथी भएका कारण निर्देशन सबिन बास्तोला (गिरधारी)सँग कुरा गरिदिएका थिए ।

निर्देशक बास्तोलाले खेल्ने हो भने उनले लामो पालेको कपाल काट्न लगाएका थिए । कपाल काटेमा म तिमीलाई खेलाउँछु नत्र खेलाउदिन भनेपछि उनले खेल्नकै लागि उनले कपाल काटे । उनले कपाल काटेपछि यस सिरियलमा उनले डाक्टरको रोलमा अभिनय गर्न पाए । यस सिरियलमा उनको अभिनय दर्शकले मन पराएपछि निर्देशक सबिनले अभिनयमा निरन्तरता गराए ।

दर्शकले उनलाई प्रहरी मै चिन्छन्

दर्शकले धेरै जसो उनलाई प्रहरीको भुमिकामा चिन्ने गरेका छन् । उनले हरेक जसो सिरियलमा प्रहरी कै भुमिकामा हेरिरहेका छन् । कडा स्वभावको प्रहरीको खोजि भएमा निर्देशक तथा निर्माताले कुमार गजुरेललाई नै खोज्ने गरेका छन् । उनले देश तथा विदेशका कार्यक्रममा सहभागी हुन जाँदा पुलिस भनेर बोलाउने गरेको बताए । उनले भनेँ – मलाई अरु भन्दा पनि पुलिस नै हो भनेर सोच्दा रहेछन् । फिल्ममा पनि पुलिस कै भुमिकामा देखिएकाले मलाई कुमार भन्दा पनि फिल्मको पुलिस भन्ने गरेका छन् । एउटा परिचयले पनि मेरो दर्शकमा छाप बसेको रहेछ । ’
उनले नेपाल टेलिभिजनको लोकप्रिय सिरियल थोरै भए पुगी सरी ,जीवन चत्र , फिरन्ते,सुनौलो संसार, गहना ,सिन्दुर ,तितो सत्य, देखि लिएर ‘मेरी बास्सै , हर्के हवल्दार , उल्टो सुल्टो , तिते करेली लगायत दर्जनौ सिरियलमा अभिनय गरेका छन् । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको निकै लोकप्रिय बनेको सिरियल हरिबहादुर र मदन बहादुरमा पनि अभिनय गरेका छन् । उनले यति मात्र होइन नेपाली टेलिभिजनमा आउने थुप्रै विज्ञापनमा अभिनय गरेका छन् । हरेक बर्ष हुने गाइजात्रामा पनि अभिनय गरेका छन् ।

एक समय हास्य सिरियलम खुवै चलेको सिरियल ‘तितो सत्य’मा फरक फरक गेटअपमा अभिनय गरेका छन् । उनको यहि भुमिका भन्ने थिए । उनी भन्छन् –‘ मैले तितो सत्यमा अभिनय गर्दा मेरो यहि भुमिका भन्ने थिए । कहिले नेवार बने, कहिले पुलिस बने भने कहिले अपहरणकारी लगायतमा अभियन गरे । यसले पनि मलाई थरि थरीको भुमिकामा अभिनय गर्न सिकायो ।’  त्यस्तै उनको फिल्ममा पनि उतिकै मात्रामा अभिनय रहेको छ । उनले ‘सहिद’ फिल्मबाट नेपाली सिनेमामा अभिनय सुरुवात गरेका थिए ।

फिल्ममा उनलाई बिजय बस्नेतले ब्रेक दिएका थिए । त्यसपछि उनलाई फिल्ममा कहिलै पछाडी फर्केर हेर्नु परेन । उनले त्यसपछि लगातार सपुत, सम्झना ,सिसा हुदै छ एकान छ मा अभिनय गरे । डाक्टर खाते, र छ माया छ पक्कैमा आइपुग्दा उनले दर्शकको मन जितिसकेका छन् । उनी भन्छन्,‘ कलाकार बन्ने रहरै रहरमा अहिले दर्जनौ फिल्ममा अभिनय गरिसकेको छु । सानै देखिको संघर्ष र दर्शकको मायाले यहाँसम्म आइपुगेको हो । ’

फरक फरक भुमिकामा

उनी एउटै भुमिकामा देखा परेका भने छैनन् । कुनै सिरियलमा तराइबासीको गेटअपमा देखिएका छन् भने कहिले पण्डितको भुमिका पनि देखिएका छन् । कुमार आफुलाई एउटै भुमिकामा प्रस्तुत गर्न रुचाउदैनन् । उनी भन्छन्, ‘कलकार भएकाले फरक फरक भुमिकामा अभिनय गर्न सक्ने खुवी हुनुपर्छ । त्यसैले एउटै क्यारेक्टरमा अभिनय गर्दा दर्शकलाई पनि बोर लाग्न सक्छ । कति एउटै ड्रेसपमा आइराखेको होला ,अरु गर्न जान्दैन कि के हो अरुले भन्लान् भन्ने फिल आफुलाई लाग्ने भएकाले फरक फरक भुमिका देखा परेको हो । ’

पछिल्लो समय रमाइलो टिेलिभिजनबाट प्रसारण भइरहेको ‘ तितो पिरो’मा उनी मधेसीको क्यारेक्टरमा देखा परेका कुमार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हल्का रमाइलोमा प्रहरीको भुमिकामा खेलिरहेका छन् ।
उनी भन्छन्, ‘तितो पिरो सिरियलमा मलाई निर्देशक भोला अधिकारीले मधेसीको भुमिकामा अभिनय गर्न आग्रह गर्नुभयो । मैले त्यहाँ उनको आग्रहमा मधेसी एउटा छोटेलालको भुमिकामा अभिनय गरे । जुन अहिले दर्शकमाझ लोकप्रिय पनि बनेको छ । धेरै ठाउँ अहिले छोटेलालको नामले पनि चिन्नुभएको छ ।’

पारश्रमिक माग्दा अर्को पटक रोल नै चट

नेपाली कलाकारहरुले धेरे जसोले पारिश्रमिक नै पाएका हुँदैनन् । पारिश्रमिक माग्दा अर्को पटक देखि रोल नै काटिएका उदाहरण हामीले सुन्दै आइरहेका छौँ ।  यस्तै समस्या कुमार गजुरेलले पनि भोगेका रहेछन् । उनले फिल्म तथा टेलिफिल्ममा आफुलाई धेरै निर्देशक तथा निर्माताले प्रयोग गरेको बताउँछन् ।

कुमार दुखेसो पोख्दै भन्छन् – ‘कलाकार बन्ने होडमा आफुले धेरै समय सित्तैमा समय विताए । कतिले त पारिश्रमिक पनि दिदैन थेँ । पारिश्रमिकको बारेमा कुरा उठाउँदा अर्को पटक देखि मेरो रोल नै हुँदेन थियो । मेरो ठाउँमा त अर्को कलाकार पो इन्ट्री भइराखेको हुन्थो ।कतिपय सिरियलमा बाध्यताले पारिश्रमिक नपाएपनि अभिनय गर्न र सानो रोल पाउन नै मुस्किल थियो । त्यसैले म भन्छु , कलाकार अरुको प्रयोग बन्ने साधन बन्नु हुँदैन ।’

आफुलाई यहि भुमिकामा चिनोस् भन्ने कुमारलाई लाग्दैन रे । फरक फरक भुमिकामा जसले जुन नामले बोलाएपनि आफु सन्तुष्ट रहेको कुमारका भनाई छ ।  उनको अभिनय यतिमा मात्र सिमित छैन । लोकगीतमा पनि उतिकै मात्रामा अभिनय गरेका छन् । यसै बर्षको तीजको ‘च्यान्टी मायालु’मा उनी लाहुरेको भुमिकामा अभिनय गरेका थिए । जुन गीतलाई दर्शकले मन पराइदिएका छन् ।