सज्जा चौलागाईले हात पारिन नेपाल आइडल सिजन ३ को उपाधि

नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले उचालेकी छन् । त्यस्तै फस्ट रनरअप प्रवीण बेडुवालले जिते भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले छन् ।

विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा नेपाल आइडलको विजेता घोषणा गरिएको हो । नेपाल आइड–(३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् भने फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद हात पारेका छन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए ।