नेपाली वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर रिलिज

नेपालमा वेब सिरिजको विस्तार भइरहेको छ । नेपाली दर्शकले वेब सिरिजलाई पछिल्लो समय मन पराउन थालेका छन् । लकडाउनको समयमा घरमा बसेका दर्शकलाई वेब सिरिज मार्फत मनोरञ्जन दिनका लागि वेब सिरिज ‘सतरञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ ।
सिरिजमा पावर, पद र पैसामा नै सतरञ्जको खेल हो भन्ने देखाइएको छ ।

सिरिजमा चोर फटाहा र पैसामा सबै कुरा किन्न सकिन्छ भन्ने घमण्ड कै वरिपरी घुमाइएको छ । सार्वजनिक भएको ट्रेलरमा उनी चोरको भुमिकामा देखिएका छन् । वेबलाई मौनता श्रेष्ठले लेखेका हुन् । थुप्रै नेपाली फिल्म लेखेका मौनताको यस वेब सिरिजलाई उनले निकै मेहनत गरेका छन् । साउथ इण्डियाको जस्तो कलाकात्म तरिकाले नेपाली वेब सिरिजमा बनाएका छन् ।

यसमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, अनिता केसी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जीले अभिनय गरेका छन् ।  ‘सतरञ्ज’लाई छायाँकन गर्ने काम प्रज्ज्वल राउत र गोकुलले गरेका छन् । त्यस्तै द्धन्द निर्देशन शंकर महर्जनको छ भने सम्पादन सुबाष देवकोटाले गरेका छन् ।