‘एन्टिगोनी’ आठौँ थिएटर ओलम्पिकमा मन्चन हुँदै

भारतमा भइरहेको आठौँ थिएटर ओलम्पिकमा मण्डला थिएटरको प्रस्तुति र राजन खतिवडाको निर्देशनमा बनेको नाटक ‘एन्टिगोनी’ सहभागी हुँदै छ ।

त्यसक्रममा बिराटनगर हुँदै सुरु भएको नाटकको यात्रा भारतको गुवाहाटी, नयाँ दिल्ली र पोखरामा प्रदर्शन हुँदै काठमाडौँ फर्किने छ । बिराटनगरमा मंगलबारबाट सुरु भएको नाटकको प्रदर्शन हरेक दिनको दुई सो गर्दै बिहीबार सकिएपछि टोली भारततर्फ लाग्नेछ।

 

आजभन्दा २५ सय वर्षभन्दा पहिला ग्रिसमा सोफोक्लिसले लेखेको दुःखान्त नाटकले आफ्नो वरपरको अवस्थालाई सही मूल्याङ्कन गर्न नसक्दा गलत निर्णय लिन पुगेको एक राजाले कसरी महत्त्वपूर्ण चिजहरू गुमाउँदै गए भन्ने कथा देखाएको छ ।

साथै  एक बहिनी ‘एन्टिगोनी’ ले राजाको आदेश नमानेर भगवानको आदेश मान्छु भन्दै विद्रोह गरेको कथा समेटिएको उक्त नाटकको सान्दर्विकता वर्तमानमा पनि उस्तै रहेको निर्देशक राजन खतिवडा बताउँछन्।

तस्विर : नबिनबाबु गुरुङ