कलाकार खगेन्द्र लामिछानेलाई पुत्री लाभ

कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् ।

खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी र रोजिनालाई चलचित्रकर्मी र शुभचिन्तकले बधाई दिएका छन् ।