सकियो ‘आँधी तुफान २’को छायांकन

चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो । उक्त फिल्म धुलिखेल र काठमाडौंमा चलचित्रको छायाँकन गरिएको हो । काठमाडौं बाहिर गीतको छायाँकन गरिने श्रेष्ठले बताए । मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्सु श्रेष्ठ शीर्ष भूमिकामा छन् । त्यस्तै, रवि गिरी, सुदीप आचार्य, कनिज कोइराला, अनामिका कार्की, संजय खतिवडा लगायतको चलचित्रमा अभिनय छ ।

एक पात्रको हत्यापछि अनुसन्धानमा परिचालित तीन यूवतीको कथामा यो चलचित्र निर्माण गरिएको छ । चलचित्रको निर्मातामा चक्र घर्तीमगर छन् । रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ । १६ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तूफान’लाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिरिजको रुपमा निर्माण गरिएको ‘आँधी तुफान २’ लाई दर्शकले रुचाउनेमा निर्माणपक्ष विश्वस्त छ । माहोल सहज भएपछि चलचित्र प्रदर्शनमा ल्याईने निर्माणपक्षले जनाएको छ ।