रहेनन् चलचित्रकर्मी रोक्का

चलचित्र निर्माता तथा कलाकार चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

५९ वर्षीय रोक्कालाई केही समय अघि कोरोना सङ्क्रमण भएकोमा एक साताअघि रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा सुधार नदेखिएको कारण उनलाई अस्पतालको आइसीयूमै उपचार गराइरहेकोमा आज निधन भएको हो ।

रोक्काले पिरती आफैँ हुँदो रहेछ, प्रेम युद्धलगायत केही चलचित्रमा मुख्य भूमिका निभाएका छन् ।

उनले ‘प्रेम युद्ध’ चलचित्र आफैँले निर्माण गरेका थिए । काठमाडौँका स्थायी बासिन्दा रोक्काका दुई छोरा र एक श्रीमती छन् । उनको आजै सतुङ्गलस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ ।