भुवन केसी सिक्किम किन गएका थिए ?

 

काठमाडौं-  निर्माता तथा अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । भुवन सिक्किम पुगेपछि सामाजिक संजाल तिर समाचारहरु आए सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने फिल्मका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर बाहिरियो । तर केसीले सिक्किम सरकारले फिल्मका लागि दिन लागेको अनुदान लिन नभई सिक्किम सरकारले गर्न लागेको फेस्टिभलको बारेमा छलफल गर्न आफू सिक्किम गएको जानकारी दिएका छन् । उसो त केसीले तीनवटा फिल्म निर्माणको क्रममा छन्

‘सिक्किमको फिल्म विकास बोर्डले दिने घोषणा गरेको अनुदान लिन म त्यता गए । म त्यो उद्देश्यका लागि गएकै होइन । सिक्किम सरकारले आउँदो महिना फिल्म फेस्टिभल गर्दैछ र त्यसका लागि विभिन्न देशका कलाकार भेला गर्दैछ, म त्यही विषयमा छलफल गर्न गएको हो उनले भने । सिक्किम सरकारले डिसेम्बरको १० देखि १३ तारिखसम्म गान्तोकमा ‘फिल्म फेस्टिभल’सँगै प्रोड्युसर्स मिट’ कार्यक्रमको आयोजना गर्दैछ । भुवन केसीले यही सिलसिलामा आफू छलफलका लागि गएको बताए । हनुत केही कुराको यर्थात जानकारी विना नै समाचार लेखेर गसिप बनाउने प्रविधि बढ्दो छ । केसीले सिक्किममा फिल्म छायांकन गर्ने योजना बनाउनु गलत कुरा होइन ।