पल शाह प्रकरण: महिला सांसदको गृहमन्त्री खाणसँग पीडित बालिकामाथी भइरहेको प्रहार रोक्न माग

पल शाह प्रकरणमा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर  विभिन्न राजनीतिक दलका महिला सांसदहरुले पीडित भनिएकी बालिकामाथी बढी प्रहार भइरहेको भन्दै रोक्न माग गरेका छन्।

भेट गर्ने सांसदहरूको टोलीमा महिला सांसदको पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठ थिए ।

महिला सांसदहरुले उठाएका विषयमा गृहमन्त्री खाणले सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।