किशोर श्रेष्ठको सर्ट फिल्म ‘सर्भाइभल’ ले जित्यो कान्स फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kishor_xf2WOTXrWx_b3hgrmf6i57eo63axesu57hnhz4zanaazdb6ayg6jkyb5yogdxzsitzjsxv9_XJE9ujwLlk_gmulwe84sc2nnwc1ubm0sd5c1e2f9vl33c60xc6oiwmto51lruivysgbqynz.jpg)
बिरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठको डकुमेन्ट्री ‘सर्भाइभल लिभिङ थ्रु कोभिड’ले कान्स वर्ल्ड फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड जितेको छ ।
विश्वभरबाट एक हजारभन्दा बढी फिल्ममध्ये उक्त डकुमेन्ट्रीले अवार्ड जितन सफल भएको हो । प्रतियोगिताको फाइनलमा ४० वटा फिल्म छनोटमा परेका थिए । उक्त डकुुमेन्ट्री बेस्ट एक्सपेरिमेन्टल फिल्म अवार्डमा समेत छनोट भएको थियो ।
कोभिडको विषयमा बनेको यो सर्ट फिल्म समाजप्रति आफूले गरेको सानो योगदान, कोभिड महामारीमा अग्रपंतिमा खट्ने मानिसहरूप्रति सम्मान र कोभिडले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली हो भनेर ड्रीम भिजनका फोटोग्राफर किशोर श्रेष्ठले बताएका छन् ।
कोभिड महामारीका बेला नेपालीहरूले भोगेको समस्या र बाँच्नका लागि गरेको संघर्षलाई डकुुमेन्ट्रीमा खिचिएको थियो । साथै, स्वास्थ्य सचेतना र सजगतालाई जोड दिएर फिल्म बनाइएको थियो ।
संवाद प्रयोग नगरी संगीत र दृश्यको मिश्रणले बनेको यो हरेक भाषा भाषी, लिङ्गले बुझ्ने गरी निर्माण भएको फिल्म हो । फिल्मका कलाकार सबै नयाँ र साइकल चलाउने समूहसँग जोडिएका छन् ।
फिल्मको छायाङ्कन र संगीत किशोर श्रेष्ठका छोरा सक्रिय श्रेष्ठले गरेका हुन् । फिल्मको निर्देशन तथा निर्माता अफ्जल खानले गरेका हुन् ।
![पल शाह प्रकरण: महिला सांसदको गृहमन्त्री खाणसँग पीडित बालिकामाथी भइरहेको प्रहार रोक्न माग](https://snowberry.prixacdn.net/media/gallery_folder/paul-balkrishna-khad_1Z9353Vhs9_o0ny5nrakok3p36fqgtbqvxivtsfjcby5ws1ymuoofwstykeuwtntwzrp1bv_bD6BdrcKYp_2nak8db0xad9tcs3pedwhpzknuanolmwrdwezblc4r4ndgizvpetzdxk2mvc.jpg)
पल शाह प्रकरण: महिला सांसदको गृहमन्त्री खाणसँग पीडित बालिकामाथी भइरहेको प्रह…
![आत्मसमपर्ण गर्दै पल शाह](https://snowberry.prixacdn.net/media/gallery_folder/paul-shah-at-japan-1_TgvLKMidlI_srlb0p2fgnzexjjyhhpbj1algb72hgcporcggsav3qxhu2nznuue1xdb54aq_KJjMzRi6mb_iwx31ozheqbxwy2nvk3ldd5vabxjg7e2bfyaa0fqp5rziwhpgqbbzdtt8vwp.jpg)
आत्मसमपर्ण गर्दै पल शाह
![फिल्म हल १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/film-hall_xzpRccvpSF_fwp6y8cxacr7xz1jy00kczd0hb7uzczivlhycfvbsreaytlswnxl6gwettha_iAzMsi7oNY_lisfh6nvpjlr7uyhzalysfhv2bwdzv2r9l21yl4m8s11cuk311fjb59bfngj.jpg)
फिल्म हल १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
![जुम्ल्याहा जोडी अभिनित ‘छल छल’ गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture-10_Lo0UEJC62T_cuzph6zjfgmtl8cjxrwjbhwbuuxiuynuezl3rulcgwd02klw8cbxtprbs5mm_C7fJSlFDtD_cw4wrxlsmznsjacktmn2jtgqwygbjtwh6g3ta2l1majdgeixr3lh6948tcre.jpg)
जुम्ल्याहा जोडी अभिनित ‘छल छल’ गीत सार्वजनिक
![भुवन केसी सिक्किम किन गएका थिए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhuwan-kc-biography_ezmwYBsini_enqqjbvchd24xyqbxrastwcygewqfks1kxojrpkdfsvghz00tsnulrinxttv_PPK1Mmi7Dz_mpsjbnhxfboplbiswqeyrjskezkzz4th9uucp79q7hryictcopgbbehd5grt.jpg)
भुवन केसी सिक्किम किन गएका थिए ?
![‘कुण्डली भाग्य’ की प्रिताको विवाह !](https://snowberry.prixacdn.net/media/gallery_folder/merofilm-2_RiEJh1XTCu_o6gxq5xz3omusrflemkertcfkjip5zmsuws8xmvnzh95hsazv00hrzyvjlrh_QMrRg2fXMB_0qpku6ig2zd3sczffl8u0dmq9qm0lsttvswhv4cvfyikpoba0whqskdswm6u.jpg)
‘कुण्डली भाग्य’ की प्रिताको विवाह !
![सकियो ‘म राजेश हमाल’’को सुटिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/251013697_201464715459583_1572332581080471962_n_fOa4ztnWVH_IybXRWRpDC_jqcc57xgtt0shpzs1na2ro9vnmm4iwgrw6ytwdvlcrl2affokw2lsg4gqnr1_1VuOZy7tJb_aqkcpusiegci5k2yavndojz2um7bib5a3dtmbkgwyjmd5ektwq6xobg1aiqu.jpg)
सकियो ‘म राजेश हमाल’’को सुटिङ
![‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज](https://snowberry.prixacdn.net/media/gallery_folder/dohori-champion-1_RoxGox1LmK_yefx4fd2n5wpulrbfzvtsvinuo9ljam9iwdmqogkq9p1vr3pfsqasewsgqq8_L5PHiCu97B_sgkvjcwqqpvshquuakfk4t0nddbdexw10fmveolzsj6jxecmbuexvnpjt8yv.jpg)
प्रतिक्रिया