गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमण भएको छ।

उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। संक्रमण भएका कारण आफू अहिले होम आइसोलेसनमा रहेको बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कृपया सावधानी अपनाउनुहोस्, मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस्। सबैको ख्याल राख्नु होला। धेरै-धेरै माया ।’