अभिताभ बच्चन पुन: कोरोना संक्रमित

भारतीय कलाकार अमिताभ बच्चन पुन: कोरोना भाइरसको चपेटामा परेका छन् ।

अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् र यो जानकारी अभिनेता आफैले ट्विट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

बच्चनले आफ्नो ट्विटमा लेखेका छन्, ‘मैले भर्खरै कोभिड पोजिटिभ टेस्ट गरेको छु । मेरो वरिपरि रहेका सबै मानिसहरू। तिनीहरू सबैले आफैलाई परीक्षण गराउनुहोस् ।’

यसअघि सन् २०२० मा अमिताभ बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसै क्रममा अभिनेतालाई मुम्बईको नानावती अस्पतालमा पनि भर्ना गरिएको थियो ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन । त्यस्तै फिल्ममा हालै प्रदर्शन भएको अजय देवगनको अपोजिट फिल्म ‘रनवे ३४’ मा देखिएका थिए भने अब उनी फिल्म ‘ब्रह्मास्त्र’ मा देखिनेछन् ।