भदौ २४ मा सृष्टि–सौगातको ‘द सिक्रेट अफ राधा’

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा। यो फिल्म आगामी भाद्र २४ गतेबाट देशभरका फिल्महलहरुमा प्रदर्शन गरिने भएको छ ।

कोरोना महनमारीको दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन गरिएको यो फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त र पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

यस फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतको विशेष भूमिका देख्न पाइने निर्माण टिमको जनाएको छ । यो फिल्म निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिलममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।