फिल्म ‘बाबरी’को प्रदर्शन मिति घोषणा

सुरेन्द्र पौडेल निर्देशित फिल्म बाबरीको प्रदर्शन मिति घोषणा भएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको फिल्म आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा हुने छ ।

मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । फिल्ममा अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिश बनेका छन् । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक र लेखन पौडेलले नै गरेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा सिनेमाको छायांकन गरिएको हो। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।